प्रिमियर लिग: १६ जनामा देखियो कोरोना संक्रमण

प्रिमियर लिग: १६ जनामा देखियो कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग (एपिएल) मा १६ खेलाडी तथा क्लब पदाधिकारीमा कोभिड १९ संक्रमण देखिएको छ। सोमबार बिबिसीले जनाएअनुसार गत दुई सातामा क्लबका १६ खेलाडी र पदाधिकारीमा कोरोना पुष्टि भएको हो।

दुई सातामा प्रिमियर लिगमा ३ हजार ६० को पीसीआर गरिएको थियो। लिगको १६ र २२ तारिखमा दुई पटक पीसीआर गर्दा पहिलो साता १२ र दोस्रो सातामा ४ कोरोना पोजिटिभ देखिएको हो।

पछिल्लो आँकडाअनुसार पहिलो सातामा भन्दा दोस्रो सातामा बढी पोजिटिभ देखिएको छ।

अब प्रिमियर लिगले हप्तामा दुई पटक कोरोना परीक्षण गराउनेछ।

चेल्सी स्ट्राइकर क्रीष्टियन पुलिसिकले आइतबार लण्डन डर्बीमा आर्सनलविरुद्ध कोरोनाकै कारण खेल गुमाएका थिए। यद्यपि चेल्सी खेलमा २-० को जित निकाल्दै शिर्ष स्थानमा पुगेको छ। (एजेन्सी/ न्युज कारखानाबाट)

Skip This
Skip This
Logo