सिरि ए मा मिलानको लगातार दोस्रो जीत

सिरि ए मा मिलानको लगातार दोस्रो जीत

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरि 'ए' मा साविक विजेता इन्टर मिलानले लगातार दोस्रो जीत हात पारेकाे छ । शुक्रबारराति भएको खेलमा घरेलु टोली हेलास भेरोनालाई ३-१ गोल अन्तर पराजित गरेकाे हाे । 

खेलमा अग्रता भने घरेलु टोली भेरोनाले बनाएको थियो । उसका इभानले १५ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा अग्रता जोगाएको भेरोना दोस्रो हाफमा भने निरीह रह्यो । 

लौटारो मार्टिनेजले ४७ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याए । खेलको ८३ र थपिएको ४ मिनेटमा गोल गर्दै परिवर्तित खेलाडी कोरियाले टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । 

जीतसँगै २ खेलबाट ६ अंक बनाएको इन्टर शीर्षस्थानमा रहेको छ ।

Skip This
Skip This
Logo