जर्मनीले लिचेस्टाइनलाई हरायो

जर्मनीले लिचेस्टाइनलाई हरायो

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनी वियजी भएका छन् । 

जर्मनीले लिक्टेन्सटाइनलाई २–० ले पराजित गरेको छ ।  जर्मनीलाई जित दिलाउन ४१ औं मिनेटमा टिमो वेर्नर र ७७ औं मिनेटमा लेरोइ सानेले गोल गरे । 

यही समूहको अर्काे खेलमा पोल्यान्ड र एन्डोरोले सफलता हात पारेको छ । पोल्यान्डले अल्वानियालाई ४–१ ले पराजित गरेको छ । पोल्यान्डको जितमा रोबर्ट लेवान्डोस्की, एडम बुस्का, ग्रेजगर्ज क्रेचोवियाक र कारोल लिनेटीले गोल गरे । अल्वानियाका सोकोल सिकालेसीले एक गोल फर्काए ।

अर्काे खेलमा मार्क भालेसको दुई गोल मद्दतमा एन्डोराले सान मारिनोलाई २–० ले पराजित गरेको छ ।

Skip This
Skip This
Logo