विश्वविजेता फ्रान्सको फेरि बराबरीमा रोकियो

विश्वविजेता फ्रान्सको फेरि बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

विश्व विजेता फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बराबरीमा रोकिएको छ ।  शनिबार राति भएको समूह 'डि' को खेलमा फ्रान्स घरेलु टोली युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । 

बराबरीसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले सबै खाले प्रतियोगितामा लगातार ५औँ बराबर नतिजा निकालेको छ । घरेलु टोली युक्रेनका मिकोला सापरेन्कोले ४४औँ मिनेटमा अग्रता दिलाएका थिए । मार्सियलले ५०औँ मिनेटमा गोल गर्दै फ्रान्सको हार संकट टारे । 

फ्रान्स आफ्ना अट्याकर केलियन एम्बाप्पेबिना मैदान प्रवेश गरेको थियो । एम्बाप्पे चोटका कारण टोली बाहिर छन् । 

बराबरीका बावजुद फ्रान्स समूह ‘डि’को शीर्ष स्थानमा छ । पाँच खेलबाट नाै अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेकाे हाे । समान ५-५ अंक रहे पनि फिनल्याण्ड र युक्रेन दोस्राे र तेस्रो स्थानमा छन् । । 

Skip This
Skip This
Logo