अर्मेनियाको पोस्टमा जर्मनीको आधा दर्जन गोल

अर्मेनियाको पोस्टमा जर्मनीको आधा दर्जन गोल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोट खेलमा जर्मनीले सानदार जीत निकालेको छ । घरेलु मैदानमा जर्मनीले अर्मेनियामाथि ६–० को फराकिलो जित निकालेको हो ।

जर्मनीको जितमा सर्ज गिनाब्रीले दुई तथा मार्काे रिउस, टिमो वेर्नर, जोनास होफमान र करिम एडियमीले समान एक गोल गरे । जर्मनीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

यो जितपछि समूह ‘जे’ मा जर्मनीले अर्मेनियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । जर्मनीको ५ खेलबाट १२ अंक पुगेको छ ।

Skip This
Skip This
Logo