ब्राजिल र अर्जेन्टिनाबीचकाे खेल नाटकीय रुपमा रद्द

ब्राजिल र अर्जेन्टिनाबीचकाे खेल नाटकीय रुपमा रद्द

केन्द्रबिन्दु
0
Shares

कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो । 

करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए । 

स्वास्थ्य अधिकारीले भ्रमण टोली अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन नियम तोडेको बताएका छन् । हाल इंग्ल्याण्डबाट ब्राजिल प्रवेश गर्दा १४ दिनको क्वारेन्टिन व्यवस्था गरिएको छ । तर इंग्ल्याण्डको प्रिमियर लिग खेलिरहेका खेलाडी क्वारेन्टिनमा नबसेको उनीहरूको आरोप छ ।

एस्टन भिल्लाका इमिलियानो बुएण्डिया र गोलरक्षक इलिमियानो मार्टिनेज तथा टोटनहमका जिओभानी लो सेल्सो र क्रिष्टिअन रोमेरो प्रिमियर लिगबाट फर्किएका हुन् । बएण्डिया बाहेक तीन  खेलाडी प्लेइङ सेटमा रहेका थिए । 

अर्जेन्टिनी प्रशिक्षक र एफएले स्वास्थ्य मापदण्ड पूरा गरेर खेलाडी खेल्न तयार भएको बताएको छ । 

खेल स्थगित भएपछि रेफ्री, म्याचकमिस्नरले बुझाएको रिपोर्ट अनुसार फिफाले आफ्नो काम कारबाही अगाडि बढाउनेछ ।

Skip This
Skip This
Logo