विश्वकप छनोटमा पोल्याण्ड र बेल्जियम विजयी

विश्वकप छनोटमा पोल्याण्ड र बेल्जियम विजयी

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा पोल्याण्डले फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।

पोल्याण्डको फराकिलो जितमा एडम बुक्साले ह्याट्रिक गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । कारोल स्विडेरस्की र कारोल लिनेट्टीले एक एक गोल गरे । यस जितसँगै समूह आई को पोल्याण्डले ५ खेलमा १० अंक जोडेको छ । 

त्यस्तै बेल्जियमले पनि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठौं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जितसँगै बेल्जियमले ५ खेलमा १३ अंक जोडेको छ । समूह ई को बेल्जियम शीर्षस्थानमा रहेको छ ।

 

Skip This
Skip This
Logo