विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिच र जर्मनीका एलेक्सजेन्डर ज्वेरभ युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार बिहान भएको चौंथो चरणमा अमेरिकाका जेनसन ब्रुक्सबीलाई पराजित गर्दै जोकोभिचले क्वाटरफाइनलको यात्रा गरेका हुन्।
पहिलो सेट गुमाएको जोकोभिचले पुनरागमन गर्दै जीत निकालेका हुन्। उनले जेनसनमाथि १–६,६–३,६–२ र ६–२ को सेटमा जीत निकाले । ३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् । अब जोकोभिचले क्वाटरफाइनलमा इटालीका माटियो बेरेट्टीनिसँग खेल्ने छन्।
यस्तै एलेक्सजेन्डरले भने सोमबार राति भएको खेलमा इटालीका जान्निक सिनरलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाए। चौंथो वरीयताका एलेक्सजेन्डरले सिनरमाथि ६–४ ,६–४ र ७–६(९–७) को सेटमा जीत निकाले। अब क्वाटरफाइनलमा एलेक्सजेन्डरले दक्षिण अफ्रीकाका लोयड ह्यारिससँग खेल्नेछन्।





























प्रतिक्रिया