काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गरेको मुम्बईले पञ्जाबलाई १ सय ९२ रनको लक्ष्य दिएको थियो । पञ्जाबले जवाफमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाएसँगै मुम्बई इन्डियन्सले जित दर्ता गरेको हो ।
पञ्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५ रनको योगदान दिएका थिए ।
यसअघि, मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाएका थिए ।































प्रतिक्रिया