एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दैछन्। सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन् ।अफिसियलमा प्रज्ज्वल प्रतिक क्षेत्री छन्।
सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेश गर्नु पर्ने हुन्छ। टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे। टोली कतार एयरवेजबाट राती ८ बजे उड्ने कार्यक्रम रहेको छ।





























प्रतिक्रिया