विश्वकप छनोटमा स्पेनको सहज जीत

विश्वकप छनोटमा स्पेनको सहज जीत

केन्द्रबिन्दु
0
Shares

विश्वकपको युरोपेली छनोटमा स्पेनले सहज जित निकालेको छ । बुधबार राति स्पेनले कोसोभोलाई २–० ले हराएको हो ।

कोसोभोमा बुधबार राति भएको खेलको ३२औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट स्पेनले अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फेरान टोरेसले मिकेल मोरेनोको पासमा गोल गर्दै स्पेनलाई २–० को सहज जित दिलाए ।

स्पेन १३ अंकसहित समुह बीको शीर्ष स्थानमा छ । स्पेनले दोस्रो स्थानको स्विडेनसंग चार अंकको अग्रता लिएको छ ।

Logo