स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिकमा अर्जेन्टिनालाई जीत दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोल मदतमा बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
मेस्सीले ब्राजिलका पेलेको कीर्तिमान तोडेका हुन् । पेलेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्बाधिक गोल गर्ने खेलाडीको किर्तिमान राखेका थिए । पेलेको ७७ गोलको किर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्ध ७९ गोल गरेका थिए । मेस्सीलाई घरेलु दर्शकले समेत साथ दिएका थिए ।
बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी) पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए ।
मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसँग तीन अंकको अग्रता बनाएको छ ।































प्रतिक्रिया