पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले सुरुवातमा ब्याटिङ्ग गर्ने भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
नेपालले ब्याटिङ रोजेपछि पीएनजीले सुरुवातमा फिल्डिङ गर्ने भएको छ । दुई खेलको सिरिजअन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो । दुई खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ । नेपालले दोस्रो खेलमा तीन खेलाडी परिवर्तन गरेको छ ।
अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिइएको छ । विनोद भण्डारी, शुशन भारी र करण केसी सुरुवाती–११ मा परेका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।































प्रतिक्रिया