आईसीसी विश्वकप क्रिकेट लिग-२: ओमानलाई नेपालको मध्यम लक्ष्य प्रस्तुत

आईसीसी विश्वकप क्रिकेट लिग-२: ओमानलाई नेपालको मध्यम लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले आयोजक ओमानलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले  ४७ ओभर ४ बलमा अल आउट हुँदै १९६ रन बनाएको हो। 

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा १ छक्का र ७ चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन्।

यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए। सन्दीप लामिछानेले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। 

यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका खानले १ मेडनसहित ४७ रन खर्चिएका हुन्।

यस्तै, नेष्टोर धम्बाले २  विकेट लिए। ५ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए भने मोहम्मद नदिम र जिशान माक्सुदले समान १ विकेट लिए। 

सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।न्युज कारखाना

Skip This
Skip This
Logo