मुम्बईमाथि चेन्नईको जित

मुम्बईमाथि चेन्नईको जित

केन्द्रबिन्दु
0
Shares

आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियफगितामा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई पराजित गरेकाे छ । 

दुबईमा आइतबार राति चेन्नईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो । चेन्नईले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए । एडम मिल्नेले १५ रनमा बनाए । चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चाहरले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

चेन्नईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए ।

मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २/२ विकेट लिए । यस जितसँगै चेन्नईले ८ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

Skip This
Skip This
Logo