इटालियन सिरी ए फुटबलमा नापोली विजयी भएकाे छ । बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले लगागार पाँचौँ जित दर्ता गरेकाे हाे ।
खेलको दशौँ मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा फाबियनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
५० औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा पिओटर जिलिनिस्कीले गोल गर्दै नापोलीलाई ४-० को जित दिलाए ।
जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोड्दै नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।































प्रतिक्रिया