साफको लागि २३ सदस्यीय नेपाली फुटबल टिम घोषणा

साफको लागि २३ सदस्यीय नेपाली फुटबल टिम घोषणा


अक्टोबर १ अर्थात् असोज १५ गतेदेखि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा भएको छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन् ।

नेपालले घोषणा गरेको टिमबाट दुई खेलाडी बाहिरिएका छन् । गोलकिपर विकेश कुथु र राजन गुरुङ टिमबाट बाहिरिएका छन् । 

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेको छ । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ । 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ । 

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन् । 

नेपाली टिम:

किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, रोहित चन्द, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, मनिष डाँगी, सुनिल बल,आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा ।

Logo