आईपीएलमा हैदराबाद विजयी

आईपीएलमा हैदराबाद विजयी

केन्द्रबिन्दु
0
Shares

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ। दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो।

राजस्थानले दिएको १६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । अविशेक शर्मा २१ रनमा अविजित रहदा रिद्दिमान साह १८ रनमा आउट भए ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए । हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिए।

१० खेलमा ४ अंक जोडेको हैदराबाद पुछारमा छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Logo