ईपीएल: ललितपुरद्वारा विराटनगरलाई २२७ रनको विशाल लक्ष्य

ईपीएल: ललितपुरद्वारा विराटनगरलाई २२७ रनको विशाल लक्ष्य

केन्द्रबिन्दु
0
Shares

जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रीयट्सले विराटनगर वारियर्सलाई जितका लागि २ सय २७ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल लक्ष्य तयार पारेको हो ।

ललितपुरले लिएको यो लक्ष्य ईपीएल इतिहासकै सर्वाधिक धेरै हो ।  ललितपुरका ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का  र १० वटा चौका प्रहार गरेका थिए । विराकोड्डीले २८ बलमा अर्धशतक प्रहार गरेका थिए । विराकोड्डीले प्रहार गरेको ७३ रन यस संस्करणको सर्वाधिक रनको बराबरी हो । यस अघि काठमाडौं किंग्स–११ का रायन वर्लले ललितपुरविरुद्ध अविजित ७३ रन बनाएका थिए ।

यस्तै २१ बलमै अर्धशतक पूरा गरेका ओमारजाईले अविजित ५८ रन जोड्दा ७ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन जोडे । विराकोड्डी र भुर्तेलले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे ।

त्यस्तै योगेन्द्र सिंह कार्कीले २७ रन जोड्दा नारायण जोशीले १८ रन बनाए । जयकिशन कोल्सावालाले १३ रनको योगदान गरे । पवन सर्राफले दुई रन जोडे ।

विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक एक विकेट हात पारे ।

Skip This
Skip This
Logo