छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनल खेलमा साविक विजेता एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यू डायमन्ड च्याम्पियन बनेको हो ।
न्यू डायमन्डले एपीएफमाथि २४-२६, २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो । पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गरेको थियो ।
उपाधिसँगै न्यू डायमन्डले ४ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाखमा प्राप्त गर्यो । तेस्रो बनेको त्रिभुवन आर्मीले १ लाख प्राप्त गरेको छ ।
पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुदैछ ।





























प्रतिक्रिया