बार्सिलोनामाथि एथ्लेटिकाे विजयी

बार्सिलोनामाथि एथ्लेटिकाे विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।  एट्लेटिकोलाई महत्त्वपूर्ण तीन अंक दिलाउन थोमस लेमार र लुइस स्वारेजले १/१ गोल गरे ।

खेलको २३औँ मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई १-० गोल अन्तरको अग्रता दिलाए । ४४औँ मिनेटमा स्वारेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना भने ७ खेलबाट १२ अंक जोडेर दशौँ स्थानमा छ ।

Logo