पराजित भए पनि चेन्नई शीर्षस्थानमै

पराजित भए पनि चेन्नई शीर्षस्थानमै

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स पराजित भएको छ । उसलाई शनिबारको खेलमा राजस्थान रोयल्सले ७ विकेटले पराजित गरेकाे हाे ।
 
चेन्नईले दिएको १९० रनको लक्ष्य राजस्थानले १७.३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍याे ।

राजस्थानको जितमा शिवम दुबे र यशस्भी जैसवालले अर्धशतकीय पारी खेले । ६४ रनमा अविजित रहेका दुबेले ४२ बलमा समान ४ चौका र छक्का प्रहार गरे। कप्तान सन्जु सामसनले २८ र अविजित रहेका ग्लेन फिलिप्ले १४ रनको योगदान दिए । 

चेन्नईका शार्दुल ठाकुरले २ र केएम आशिफले १ विकेट लिए ।

यस अघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

जितसँगै राजस्थान १२ खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिँदा हारका बाबजुत पनि चेन्नई समान खेलबाट १८ अंकका साथ शीर्षस्थानमा कायम छ ।

Logo