चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा विराटनगर वारियर्सले पहिलो जीत निकालेको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौं किङ्स-११ लाई ७ रनले पराजित गर्दै विराटनगरले पहिलो जीत निकालेको हो।
विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो। यस अघि आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोडेकाे थियाे।
जीतसँगै विराटनगरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। विराटनगरले ५ खेलमा २ अंक जोड्यो। अघिल्लो चार खेल गुमाएको विराटनगर पुछारमा रह्यो।
काठमाडौं ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।





























प्रतिक्रिया