फाइनल प्रवेशका लागि पोखरा र चितवनबीचकाे खेल सुरु

फाइनल प्रवेशका लागि पोखरा र चितवनबीचकाे खेल सुरु

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिले फिल्डिङ गरेकाे छ । त्रिवि क्रिकेट मैदानमा सुरु भएकाे खेलमा चितवनका कप्तान सोमपाल कामीले पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको थियो ।  

पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

बुधबार एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसाे साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चाैथाे स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेको हुन ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने आयाेजकले जानकारी दिएकाे छ ।

Logo