रोनाल्डोको गोलमा पोर्चुगलको सहज जीत

रोनाल्डोको गोलमा पोर्चुगलको सहज जीत

केन्द्रबिन्दु
0
Shares

गएराति भएकाे मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई ३–० ले हराएको छ। क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ११२ पुर्याएको दिन पोर्चुगलले कतारलाई हराएको हाे।

२०२२ को विश्वकप आयोजक कतारविरुद्ध रोनाल्डोले ३७औं मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो। ४८औं मिनेटमा जोसे फोन्टेले अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा आन्द्रे सिल्भाले अर्को गोल थपेपछि पोर्चुगलले सहज जीत निकालेको हो। 

३६ वर्षिय रोनाल्डोले १८१ खेलमा ११२ गोल गरे। उनले सर्जियो रामोसको युरोपबाट सबभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान पनि भङ्ग गरेका छन्। मलेसियाका सो चिन आनको नाममा १९५ खेलको कीर्तिमान छ। 

रोनाल्डोले गत महिना इरानका अली दाईको १०९ गोलको कीर्तिमान तोड्दै अन्तर्राष्ट्रिय फुटबलमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए।

Skip This
Skip This
Logo