युनाइटेडकाे अपराजित यात्रामा पूर्णविराम, लेस्टर सिटी विजयी

युनाइटेडकाे अपराजित यात्रामा पूर्णविराम, लेस्टर सिटी विजयी


लेस्टर सिटीले खेलको अन्त्यतिर दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडविरुद्ध ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ। योसँगै घरेलु मैदानबाहिर लगातार ३० खेलमा अपराजित रहेको युनाइटेडको कीर्तिमानमा पूर्णविराम लागेको छ।

खेलमा अग्रता भने युनाइटेडले लिएको थियो। मेसन ग्रिनवुडले १९ औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, ३१ औँ मिनेटमा युरी टेलिमान्सले खेल बराबरीमा ल्याए। दोस्रो हाफमा काग्लार सोयुन्कुले लेस्टरलाई अग्रता दिलाए। चार मिनेटपछि नै सब्सटिच्युट मार्कस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए।

तर ५४ सेकेन्डपछि नै जेमी भार्डीले पुनः लेस्टरलाई अग्रता दिलाए भे खेलको इन्जुरी समयमा पास्टन डाकाले गोल गर्दै लेस्टरको जीत सुनिश्चित गरे। हारसँगै युनाइटेड पाँचौ स्थानमा खस्किएको छ। लेस्टर लिगको ११ औँ स्थानमा रहेको छ।

Logo