आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटः स्कटल्यान्डद्वारा बंगलादेश ६ रनले पराजित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटः स्कटल्यान्डद्वारा बंगलादेश ६ रनले पराजित


आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा स्कटल्यान्डले बंगलादेशमाथि जीत निकालेको छ। गए राति भएको खेलमा स्कटल्यान्डले बंगलादेशलाई ६ रनले हराएको हो।
 
ओमानस्थित अल इमिरेट क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ बनायो। बंगलादेशका लागि मुस्तफिजुर रहमानले सर्वाधिक ३८ रनको योगदान गरे। त्यस्तै मोहमदगल्लाले २३ रन बनाए । आसिफ हुसेनले १८ रन बनाए। बंगलादेशका साकिव अल हसनले २० रनको योगदान गरे। 

बलिङतर्फ स्कटल्यान्डका लागि बार्ड होयलले सर्वाधिक ३ विकेट लिए। त्यस्तै क्रिस ग्रेभासले २ विकेट लिए भने जोस डेभे र मार्क वटले समान एक–एक विकेट लिएका थिए। 

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो।  

स्कटल्यान्डका लागि कारिस गेभेसले सर्वाधिक ४५ रनको योगदान गरेका थिए । २८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै गेरोर्ग मुन्सेले २९ रन बनाए । मार्क वाटले २२ रनको योगदान गरे। 

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ३ विकेट लिएका थिए। त्यस्तै मुस्तफिजुर रहमान र साकिव अल हसनले समान दुई–दुई विकेट लिए।
 
बंगलादेशका लागि टाकिन अहमेद र मोहामा साफुदिनले समान एक–एक विकेट लिए। जीतसँगै समूह ‘बी’मा रहेको स्कटल्यान्डले २ अंक जोडेको छ।

Logo