आईसीसी टी-ट्वान्टी विश्वकपः आयरल्याण्डलाई ७० रनले हराउँदै श्रीलंका सुपर-१२ मा प्रवेश

आईसीसी टी-ट्वान्टी विश्वकपः आयरल्याण्डलाई ७० रनले हराउँदै श्रीलंका सुपर-१२ मा प्रवेश

केन्द्रबिन्दु
0
Shares

श्रीलंका आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ मा प्रवेश गरेको छ। गए राति आबुधाबीमा भएकाे खेलमा आयरल्याण्डलाई ७० रनले हराउँदै श्रीलंका लगातार दोस्रो जीतसहित सुपर-१२ मा पुगेको हो।

श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १०१ रनमा समेटिएपछि श्रीलंकाले सुपर-१२ मा स्थान सुरक्षित गरेको हो।

आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ र कर्टिस क्याम्फरले २४ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

आयरल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिए। यस्तै लाहिरु कुमारा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै अर्धशतकीय इनिङ्स खेलेका पाथुम निशान्काले ६१ रन बनाएका थिए। कप्तान डसुन शनकाले अविजित २१ रन बनाए ।

खेलमा आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए। मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए।

जीतसँगै श्रीलंका २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ। आयरल्याण्ड २ खेलमा २ अंकसहित दोस्रो स्थानमा छ।

Skip This
Skip This
Logo