ला लिगामा रियल म्याड्रिडले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराति सम्पन खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
पहिलो खेलमा रियल रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका आइसा मान्डी र विलियम कार्भाल्होले गोल गरे ।
२-२ गोलको अवस्थामा रियलले पाएको पेनाल्टीलाई रामोसले खेलको ८२औ मिनेटमा गोलमा परिणत गर्दै रियललाई जित दिलाएका थिए ।





























प्रतिक्रिया