आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर–१२ अन्तर्गत समूह–२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ ।
सुपर–१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर–१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ ।
स्कटल्यान्डले पहिलो पटक विश्वकपको सुपर–१२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहँदै स्कटल्यान्डले सुपर१२ मा स्थान बनाएको हो । दुई टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ । पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।
हिजो (आइतबार) भएको बहु प्रतीक्षित खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो ।





























प्रतिक्रिया