उपमेयर कप राष्ट्रिय महिला लिगः वाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

उपमेयर कप राष्ट्रिय महिला लिगः वाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

केन्द्रबिन्दु
0
Shares

झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको बाग्मती नगरपालिकासँग १–१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो। 

कनकाईको लागि कुसुम खतिवडा र बाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन्। खेल बराबरीमा अन्त्य भए पनि वाग्मतीलाई गोलअन्तरमा पछि पार्दै कनकाई समूह एबाट प्रतियोगितामा अघि बढेको हो। दुबै टोलीको दुई खेलबाट समान ७ अंक रहेको छ।

वाग्मतीले राष्ट्रिय टोलीका रेणुका नगरकोटे, रश्मीकुमारी घिसिङ र गीता राणालाई टोलीमा समावेश गरे पनि दोस्रो चरणमा स्थान बनाउन सकेन।

खेलमा कनकाईकी कुश्मा राई प्लेअर अफ दी म्याच बन्दै ट्रफी पाइन्। आजै समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर नगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ। खेलको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ। समुह ‘ए’ मा चार टीम र अन्य समुहमा तीन–तीन टीम रहेका छन्। प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय महिला लिग छनोट हुनेछन्। उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैंयाँ पाउनेछन् । साथै, फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

Skip This
Skip This
Logo