टी-ट्वान्टी विश्वकप : इंग्ल्यान्ड र बंगलादेश तथा नामिबिया र स्कटल्याण्ड भिड्दै

टी-ट्वान्टी विश्वकप : इंग्ल्यान्ड र बंगलादेश तथा नामिबिया र स्कटल्याण्ड भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बुधबार दुई खेल हुँदैछन्। बुधबार विश्वकप अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

आबुधाबीमा हुने खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ। समूह-१ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जीत निकाल्ने योजनामा छ। पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो। इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ।

बंगलादेश भने पहिलो जीत निकाल्न चाहन्छ। पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो। दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। आबुधाबीमा हुने खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

स्कटल्याण्ड बुधबार पहिलो जीतमा खोजीमा हुनेछ। नामिबिया सुपर १२ मा सुखद् सुरुवात गर्न चाहन्छ।

Logo