मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता: नेपाल आर्मी दोस्रो चरणमा प्रवेश

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता: नेपाल आर्मी दोस्रो चरणमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

नेपाल आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जीत निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबलाई ४–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो। 

समूह ए मा आर्मीको जीतमा राजु तामाङले दुई तथा हर्कबहादुर गुरुङ र नवीन न्यौपानेले समान एक गोल गरे। फर्पिङ डेभलपमेन्टका निराज श्रेष्ठले इन्जुरी समयमा एक गोल फर्काएका थिए। आर्मीका राजु तामाङ ‘म्यान अफ दी म्याच’ भए। 

जीतसँगै आर्मीले दुई खेलबाट ६ अंक बनाएको छ। लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन्। २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन्। 

एउटा टिममा २० खेलाडी हुनेछन्। जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनु पर्नेछ। खेलको समयावधि ६० मिनेट (एक हाफ ३० मिनेट) को हुनेछ। खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ। 

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

Skip This
Skip This
Logo