आईसीसी टी–ट्वान्टी विश्वकपः वेस्ट इन्डिजको पहिलो जित, बंगलादेश लगातार पराजित

आईसीसी टी–ट्वान्टी विश्वकपः वेस्ट इन्डिजको पहिलो जित, बंगलादेश लगातार पराजित

केन्द्रबिन्दु
0
Shares

बंगलादेश लगातार दोस्रो खेलमा पराजित हुँदा वेस्ट इन्डिजले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ। सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई तीन रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो।

वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३९ रन बनायो। 

बंगलादेशको जितमा टोन दासले सर्वाधिक ४४ रन बनाए । कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए ।

वेस्ट इन्डिजका रबी रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले समान १–१  विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १ सय ४२ रन बनायो।

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रन बनाए।

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले समान दुई विकेट लिए।

जितसँगै वेस्ट इन्डिजले तीन खेलमा दुई अंक जोडेको छ। समूह एकको वेस्ट इन्डिज पाँचौं स्थानमा रहेको छ । बंगलादेशले लगातार तेस्रो हार व्यहोरेको छ।

Logo