क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन परेको छ। सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले मागेको खुल्ला आवेदनमा कुल ६० जनाकाे नाम परेको बताइएको छ।

क्यानले १ कात्तिकमा  माग गरेको खुल्ला आवेदनमा आइतबारसम्म समयावधि रहँदा ६० जनाले नाम दिएका हुन्। गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्रिकेट टोली प्रशिक्षकबिहीन छ।

क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) वा अष्ट्रेलिया क्रिकेट (सीए) बाट मान्यता प्राप्त लेभल-३ गरेको प्रशिक्षकको माग गरेको छ। 

Logo