टी–ट्वान्टी विश्वकप: बंगलादेश उपाधि होडबाट बाहिरियो, दक्षिण अफ्रिकाद्वारा ६ विकेटले पराजित

टी–ट्वान्टी विश्वकप: बंगलादेश उपाधि होडबाट बाहिरियो, दक्षिण अफ्रिकाद्वारा ६ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

बंगलादेशलाई पराजित गर्दे दक्षिण अफ्रिकाले आइसिसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल यात्रा जीवित राखेको छ। 

मंगलबार सुपर–१२ को समूह–१ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराएको हो। जीतसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्राको सम्भावना बाँकी रहँदा बंगलादेश भने उपाधि होडबाट बाहिर रहेको हो। 

८५ रनको सामान्य  लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो। 

दक्षिण अफ्रिकाको जीतमा कप्तान टेम्बा बभुमाले सर्वाधिक ३१ रनको अविजित इनिङ खेले । यस्तै रास्सी भान डर डुसेन २२ रनको योगदान दिए ।  

बंगलादेशका तस्किन अहमदले २ विकेट लिए । भने नासुम अहमद र माहेदी हसनले समान १–१ विकेट लिए।

यसअघि आबुधाबीमा टस हारेर ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा ८४ रनमा अल आउट भएको थियो। बंगलादेशका माहेदी हसनले सर्वाधिक २७ रन बनाए । यस्तै ओपनर लिटन दासले २४ रनको योगदान दिए। 

दक्षिण अफ्रिका कागिसो रबाडा र एनरिच नोर्कियाले समान ३ विकेट लिए। यस्तै तबरेज शाम्सीले २ विकेट हात पारे। 

समूह–१ मा इंग्ल्याण्ड शीर्षस्थानमा रहँदा दक्षिण अफ्रिका ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। एक खेल कम खेलेको अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो, वेस्ट इंण्डिज पाँचौँ र बंगलादेश पुछारमा छ। 

समूह–२ मा पाकिस्तान ३ खेलमा ३ जीतका साथ शीर्ष स्थानमा छ। अफगानिस्तान दोस्रो स्थानमा छ। न्युजिल्यान्ड  तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ। यता, अंकविहीन भारत र स्कटल्यान्ड क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

Skip This
Skip This
Logo