स्पेनिस ला लिगा: ६ गोल भएको खेलमा बार्सिलोना रोकियो, रियल विजयी

स्पेनिस ला लिगा: ६ गोल भएको खेलमा बार्सिलोना रोकियो, रियल विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जीत हात पारेकाे छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियाे। दोस्रो हाफमा  ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो। 

सेल्टा भिगोको मैदानमा सुरुवाती ३ गोल भए पनि बार्सिलोना अन्तिम समय ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। 

बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक-एक गोल गरे। सेल्टा भिगोको लागि लागो आसपासले दुई तथा नोलिटोले एक गोल गरे। 

जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए।  कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। ३४औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए।

दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्‍याे। बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ। सेल्टाभिगो १५औँ स्थानमा छ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ। 

घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रूस र करिम बेन्जेमाले एक-एक गोल गरे। भालेकानोको लागि राडामेल फाल्काओले सान्त्वना गोल गरे। 

जीतसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ। १३ खेलबाट २० अंकसहित भालेकानो छैटौँ स्थानमा रह्यो। 

Logo