उपमेयर कपः निर्मलाको ह्याट्रिकमा ललितपुर क्वाटरफाइनलमा

उपमेयर कपः निर्मलाको ह्याट्रिकमा ललितपुर क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

विभागीय खेलाडी निर्मला विकको ह्याट्रिककाे मद्दतमा ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एन्फा मुख्यालयको मैदानमा मंगलबार भएको खेलमा ललितपुरले झापाको शिवसताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेकाे हाे।  

ललितपुरको जीतमा नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निर्मलाले ह्याट्रिक गर्दा मनिषा सेनले एक गोल गरिन्। ह्याट्रिककर्ता निर्मला विक खेलको प्लेअर अफ दि म्याच घोषित भइन्। उनले पाँच हजार रुपैंयाँसहित ट्रफी प्राप्त गरिन्। ललितपुरले सेमिफाइनल प्रवेशका लागि झापाको कनकाई नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

आजकाे अन्तिम तथा दोस्रो खेल बर्दियाको बाँसगढी नगरपालिका र धनगढी उपमहानगरपालिबीच भइरहेकाे छ। प्रतियोगिताको विजेता र उपविजेता राष्ट्रिय महिला लिगमा छनोट हुनेछ। यस प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन्। 

राष्ट्रिय महिला लिगमा तीन विभागीय क्लब (नेपाल पुलिस, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकासहित आठ क्लबको सहभागीता रहनेछ। 

Photo : ANFA 

Skip This
Skip This
Logo