नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

केन्द्रबिन्दु
0
Shares

ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन्। बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन्।

सोमबार बिहान प्रशिक्षणका दौरानमा नेयमारकाे देब्रे तिघ्रामा चाेट लागेकाे हाे।  

विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

यता, अर्जेन्टिनाले भने बुधबार हुने खेलमा ब्राजिलविरुद्ध जीत निकाले विश्वकपको यात्रा पक्का गर्नेछ। 

Logo