राष्ट्रपतिसँग बक्सिङ्ग फेडेरेसन टोलीको भेट

राष्ट्रपतिसँग बक्सिङ्ग फेडेरेसन टोलीको भेट

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ।

नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभसहितको ८ सदस्यीय टोलीले बुधबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो। 

भेटघाटका क्रममा भ्रमणमा रहेको टोलीले विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल गरेको छ। राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेलमार्फत विश्वमा नेपाललाई चिनाउन थालेको बताइन्। राष्ट्रपति भण्डारीले नेपालको बक्सिङ खेलमा अन्तर्राष्ट्रिय बक्सिङ संघले गरेको सहयोगलाई धन्यवाद दिइन्। 

भेटमा नेपाल भ्रमण आएको टोलीले राष्ट्रपतिलाई मायाको चिनो प्रदान गरेको थियो। रुसी नागरिक क्रेम्लेभसहित आइबाको ८ सदस्यीय टोली २ दिनको लागि बुधबार विहान नेपाल आएको हो। 

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र विभिन्न पदाधिकारीले स्वागत गरेका थिए। भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा पनि अवलोकन गर्ने तालिका छ । सोही क्रममा अन्तर्राष्ट्रिय बक्सिङ संघले नेपाल बक्सिङसंघलाई खेल सामाग्री पनि प्रदान गरेको छ। अध्यक्षसहितको टोली बिहीबार स्वदेश फर्कने छ। 

Skip This
Skip This
Logo