एसियन सेन्ट्रल जोन पुरुष भलिबल टोलीको छनाेट आज

एसियन सेन्ट्रल जोन पुरुष भलिबल टोलीको छनाेट आज

केन्द्रबिन्दु
0
Shares

बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि शुक्रबार आजबाट राष्ट्रिय पुरुष टोलीको छनोट हुने भएको छ।

शुक्रबार घोषणा हुने पुरुष प्रारम्भिक टोलीमा १० देखि १२ जना नयाँ खेलाडीले मौका पाउनेछन्। २० सदस्यीय प्रारम्भिक टोलीमा बाँकी खेलाडी भने पूरानै हुनेछन्। 

राष्ट्रिय पुरुष टोलीका डच प्रशिक्षक हान एबिङ बिहीबार नै नेपाल आइपुगेका छन्।

प्रतियोगिता डिसेम्बर २१ देखि सुरु हुनेछ। सो प्रतियोगिताका लागि २० सदस्यीय महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा सोमबारदेखि नै बन्द प्रशिक्षण सुरु गरिसकेको छ।

Skip This
Skip This
Logo