सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिवारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।
त्रिपुरेश्रस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो । खेलको ६०औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए ।
गोलरक्षक दीप कार्कीको गल्तीको फाइदा उठाउँदै गोल गरेका रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने । खेलको ६४औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए ।
आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ५ बजे सुरु हुँदैछ ।
थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले आफूहरूको लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रामक फुटबल खेल्ने बताएका छन् । थ्री स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रँदा च्यासल बिराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।
ज्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए । शुक्रवार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।





























प्रतिक्रिया