मेस्सीको तीन असिस्ट, पिएसजीको जित

मेस्सीको तीन असिस्ट, पिएसजीको जित

केन्द्रबिन्दु
0
Shares

स्टार खेलाडी लिओनल मेस्सीले तीन असिस्ट दिएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ। 

आइतबार भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिएनलाई ३-१ अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा मेस्सीले तीन असिस्ट दिँदा मार्विन्होसले २ तथा एन्जेल डि मारियाले १ गोल गरे। 

जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा छ। सेन्ट इटिएन १२ अंक जोडेर २०औँ स्थानमा छ।

Skip This
Skip This
Logo