ब्राजिलियन स्टार नेयमार दुई महिना मैदान बाहिर रहने

ब्राजिलियन स्टार नेयमार दुई महिना मैदान बाहिर रहने

केन्द्रबिन्दु
0
Shares

ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन्।

२९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए।  

पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो। 

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन्। 

Skip This
Skip This
Logo