कप्तान बेन्जेमाको गोलमा रियल विजयी

कप्तान बेन्जेमाको गोलमा रियल विजयी

केन्द्रबिन्दु
0
Shares

कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ। 

बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १-० अन्तरको जित निकालेको हो। 

बेन्जेमाले पहिलो हाफको ४०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। 

जितसँगै रियलको १५ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ। एट्लेटिकोले एक खेल कम खेलेको छ।

Logo