बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष भलिबल टोलीले उज्जेवकिस्तानमाथि प्रभावशाली जित निकालेको छ।
बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा उज्वेकिस्तानविरुद्ध टोलीले ३-१ को जित हात पारेको हो।
सुरुआती पहिलो सेट १८-२५ ले गुमाए पनि नेपाली टोलीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-२१ ले सेट आफ्नो पक्षमा पार्यो। उज्वेकिस्तानमाथि हाबी बनेको टोलीले त्यसपछि लगातार तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ ले प्रतियोगितामा पहिलो जितको सुरुआत गर्यो।
प्रतियोगितामा बिहीबार आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग निकै फितलो प्रदर्शन गरेको नेपाल सोझो सेटमा पराजित भएको थियो।
नेपालले शनिबार तेस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ।































प्रतिक्रिया