ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरूद्ध ३-० को सहज जितसहित संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सहज जितमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे।
१२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो। २८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे। त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३० मा पुर्याएका थिए।
जितसँगै ६ खेलमा ११ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ। बीबीसी भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ। आजै हुने दोस्रो खेलमा थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।





























प्रतिक्रिया