एसेस सिरिज : दोस्रो इनिङ्ग्समा पनि इङ्ल्याण्डको खराब ब्याटिङ

एसेस सिरिज : दोस्रो इनिङ्ग्समा पनि इङ्ल्याण्डको खराब ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

एसेस सिरिजको तेस्रो टेष्टको दोस्रो इनिङ्ग्समा पनि इङ्ल्याण्डले अष्ट्रेलियाविरुद्ध खराब ब्याटिङलाई निरन्तरता दिएको छ। 

पहिलो इनिङ्ग्समा १८५ रनमा अलआउट भएको भ्रमणकारी टोली इङ्ल्याण्डले दोस्रो दिनको खेलको समाप्तिमा ४ विकेट गुमाएर मात्र ३१ रन बनाएको छ ।

डेविड मलान गोल्डेन डकआउट हुँदा ज्याक लिच पनि शुन्य रनमा पवेलियन फर्किए। हसीब हमीद ७ र ज्याक क्रोउली ५ रनमा आउट भए । क्याप्टेन जोए रुट १२ र बेन स्टोक्स २ रनमा नटआउट छन् । मिचेल स्टार्स र स्कट बोलाण्डले २–२ विकेट लिएका छन् । 

यसअघि एक विकेटको क्षतिमा ६१ रनबाट सोमबार दोस्रो दिनको खेल थालेको अष्ट्रेलिया २६७ रनमा अलआउट भयो । उसका लागि मार्कस हेरिसले सर्वाधिक ७६ रन बनाए । जेम्स एण्डरसनले ४ तथा ओली रोबिन्सन र मार्क उडले समान २ विकेट झारे । 

पहिलो टेष्टमा ९ विकेटको जित निकालेको अष्ट्रेलियाले दोस्रोमा २७५ रनको प्रभावशाली जित दर्ता गरेको थियो । तेस्रो टेष्टमा समेत बाजी मार्न सके अष्ट्रेलियाले २ खेल अगावै सिरिज कब्जा गर्नेछ ।

Logo