इंग्लिस प्रिमियर लिग: म्यानचेष्टर युनाइटेड न्यूक्यासलसँग रोकियो

इंग्लिस प्रिमियर लिग: म्यानचेष्टर युनाइटेड न्यूक्यासलसँग रोकियो

केन्द्रबिन्दु
0
Shares

बैकल्पिक खेलाडी इडिन्सन काभानीको गोलसँगै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ। सोमबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेड न्युक्यासलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। 

खेलको सातौँ मिनेटमा एलान सेन्ट म्याक्सिमिनले गरेको गोलसँगै घरेलु टोली न्युक्यासलले अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुआतमै मैदान प्रवेश गरेका ३४ वर्षीय काभानीले ७१ मिनेटमा गरेको गोलसँगै युनाइटेडले हार टारेको हो। 

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्टो भने गोलविहीन रहे। 

बराबरीसँग युनाइटेड पाँचौं स्थानमा उक्लने अवसर गुमाएको छ। १७ खेल खेलेको युनाइटेड २८ अंकसहित सातौं स्थानमा छ। न्युक्यासल भने १९ खेलबाट ११ अंकसहित रेलिगेशन जोनमा छ।

Logo