यु–१९ एसिया कपमा नेपाल जित विहीन

यु–१९ एसिया कपमा नेपाल जित विहीन

केन्द्रबिन्दु
0
Shares

कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ। 

यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पराजित भएको हो। ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेतले नेपाललाई हराउँदै  सान्त्वना जितमा चित्त बुझायो। 

कुवेती कप्तान मित भावसरले अविजित शतकसहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो। उनले २४ चौका र १ छक्का हिर्काएका थिए। 

यस्तै जुड सालदान्हाले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। कुवेतका दुई खेलाडी शून्य रनमा आउट भएका थिए । 

नेपालका गुल्शन झाले सर्वाधिक ३ विकेट लिए। यस्तै शेर मल्ल, वासिर अहमद र विवेक यादवले समान २ विकेट लिए। 

यस अघि दुबईमा वासिर अहमद र विकेक मगरको अर्धशतकप्रेरित नेपालले ४२ ओभर ३ बलमा अल आउट हुँदै २३९ रनको योगफल खडा गरेको हो। 

वासिरले ६१ बल खेल्दै सात चौका र एक छक्का मद्दतमा ५६ रन प्रहार गर्दा विकेकले ७१ बलमा ६ चौका मद्दतमा ५० रन जोडे । त्यस्तै मोहम्मद आदिल अलामले ४९ रनको योगदान गरे। 

कुवेतका अब्दुल सादिकले तीन, हेनरी थोमस र मोहम्मद बासताकिले समान दुई विकेट लिए।

समूह ‘बी’ मा यस अघि नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि समूह चरणबाटै बाहिरिसकेको थियो।

Logo